नियम १२०
माथिल्लो कार्यालयबाट कारबाही गर्न सक्नेः
नियम ११९ मा जुनसुकै कुरा लेखिएको भए तापनि सजाय पाउने प्रहरी कर्मचारी कार्यरत रहेको कार्यालयमा सजाय गर्ने अधिकार प्राप्त अधिकारी नरहेको अवस्थामा माथिल्लो कार्यालयको दर्जा पुगेको कर्मचारीबाट विभागीय कारबाही गर्न वा पुनरावेदन सुन्न सकिनेछ ।